KidsOut World Stories

किसानी कार्मेनको कथा Antonio Barroso    
Previous page
Next page

किसानी कार्मेनको कथा

A free resource from

Begin reading

This story is available in:

 

 

 

 

 

किसानी कार्मेनको कथा

 

 

 

 

 

 

 

 

 

*

स्पेनको उत्तरतर्फको एउटा सानो गाउँमा दस वर्षकि एक सानी केटी बस्ने गर्दथी । उनको नाम कार्मेन थियो।

उनका आमाबाबुको एउटा गाई गोठ  थियो, जहाँ राम्रो दूध उत्पादन हुने गर्दथ्यो। कहिलेकाहीँ गाईहरूले यति धेरै दूध दिने गर्थे कि परिवारले त्यो सबै दूध पिउन सक्दैनथ्य।

आफ्ना  छिमेकीहरुमध्ये जसलाई दूधको सबैभन्दा बढी खाँचो थियो, उनीहरुले ती छिमेकीहरुलाई दिन्थे।

एक दिन कार्मेनलाई उनका बाबुले केही दूध लिएर छिमेकी जुलिया कहाँ जान भने। जुलिया गाउँको अर्को छेउमा एक्लै बस्ने प्यारी बूढी महिला थिइन्।

बाटोमा जाँदै गर्दा, कार्मेनले अण्डा किन्नको लागि केही पैसा कमाउन दूध बेच्नेबारे सोच्न थालिन्।

त्यसबाट प्राप्त अण्डाहरूबाट चल्ला निस्कने, र ती चल्लाहरू ठूला भएर फेरि अण्डा दिने । उनले  ति अण्डा बेचेर पैसा जम्मा गर्ने र त्यसले बाच्छा र भेडाका बच्चा किन्न सक्ने थिइन्।

केही वर्षभित्र नै कार्मेनको आफ्नै एउटा फार्म हुने अवस्था हुने थियो।

त्यसपछि उनी म्याड्रिडमा एउटा घर र आकर्षक लुगाहरू किन्न पुग्ने सम्पत्ति जम्मा गर्ने थिइन्।

कार्मेन यति गहिरो सोचमा थिइन् कि उनले बाटोमा भएको ठूलो ढुङ्गा देखिनन् र उनी त्यसमाथि अल्झेर लडिन्।  धुलोले भरिएको जमिनभरि दूध पोखियो।

 

एकै पलमा कार्मेनको किसान बन्ने सपना चकनाचुर भयो। उनीसँग अब बेच्नको लागि दुध नै बाँकी रहेन। अब अण्डा किनेर चल्ला बनाउने पैसा नै न हुने भयो।उनको योजना सबै सखाप भयो।

कार्मेन आफुप्रति दु:खी भएर रुन थालिन्।

घर फर्किने क्रममा, उनले जमिनमा रहेका ढुंगाहरूको ख्याल गर्नुपर्दथ्यो भन्ने  सोचिन् । उनलाई आफ्ना योजनाहरूको बारेमा सोच्न यति धेरै व्यस्त हुनु  हुँदैन थियो।

कार्मेनले यो कुरा बुझिन् कि लक्ष्य प्राप्त गर्न सबै भन्दा महत्वपूर्ण कुरा भनेको अगाडि आएका बाधाहरु पार गर्न सक्नु हो।

Enjoyed this story?
Find out more here