तीन बील्ली गोट ग्रफ (कठोर बाख्राहरू)
A free resource from
KidsOut - the fun and happiness charity
This story is available in:
This story is available in:
नर्वेजियन कथा

*
एक समयमा तीनवटा बिल्ली गोट ग्रफ थिए, सानो बिल्ली गोट, मध्यम बिल्ली गोट र ठूलो बिल्ली गोट, तिनीहरू एउटा हरियो उपत्यकाको चौरमा बस्थे ।
तिनीहरू मीठो घाँस खान मन पराउँथे, तर उनीहरूको चौर खैरो र बाँझो भएको थियो किनभने तिनीहरू लोभी बाख्राहरू थिए र तिनीहरूले अन्तिम घाँस सम्म खाइसकेका थिए ।
तर तिनीहरू अझै भोका थिए ।
टाढा उनीहरूले एउटा रसिलो मीठो घाँस भएको चौरी देखे, तर दुर्भाग्यवश त्यहाँ पुग्ने एउटा मात्र बाटो थियो जुन एउटा झरनामाथिको जीर्ण पुल पार गरेर जानुपर्थ्यो ।
तर त्यो पुलको तल एउटा डरलाग्दो भयानक ट्रेभर भन्ने ट्रोल बस्थ्यो । उ पनि सधैँ भोको नै हुन्थ्यो । र उसलाई मीठो रसिलो बाख्रा भन्दा मीठो खानेकुरा केही लाग्दैनथ्यो ।
सानो बाख्रा पुलमा पुग्ने पहिलो थियो । सावधान हुँदै उसले पुलमा एउटा खुर राख्यो र पछि अर्को राख्यो ।
तर त्यो पुल धेरै जीर्ण भएकोले उसले जति सचेत हुने कोशिस गरे पनि खुरले काठका फलेकहरूमा ट्रिप ट्रयाप ट्रिप ट्रयाप गरिराखे ।
अचानक ठूलो गर्जन सुनियो ।

‘मेरो पुलमाथि को ट्रिप ट्रयाप गर्दैछ ?’
र पुलमुनिबाट ट्रोल बाहिर देखियो ।
आफ्ना खुर कँपाउँदै सानो बिल्ली गोट ग्रफले मलिन स्वरस्वरमा बोल्यो, ‘यो म हुँ । म मात्र खानको लागि घाँस खोज्दैछु ।’
‘ओहो होइन म तिमीलाइ आफ्नो खाजा, खाना र चिया सँग खानेछु!’
‘ओह नाइँ!’ डराएको सानो बिल्ली गोट ग्रफले भन्यो । ‘म सानो बिल्ली गोट ग्रफ हुँ । तिमी मेरो दाजुलाइ किन पर्खिँदैनौ ? उ मभन्दा ठूलो छ र झन् स्वादिलो छ ।’
*
अब लोभी ट्रोलले पर्खिने निधो गर्यो र सानो बिल्ली गोट ग्रफ पुल पार गरेर अर्को तर्फको ताजा हरियो घाँस खान थाल्यो ।
अरू बाख्राहरूले सानो बिल्ली गोट ग्रफले ताजा हरियो घाँस खाँदै गरेको देखे र उनीहरूले इर्ष्या गरे, किनकी उनीहरू पनि घाँस खान चाहन्थे ।
अब मध्यम आकारको बिल्ली गोट ग्रफ पुलमा गयो र झरना पार गर्न थाल्यो ।
ट्रिप, ट्रयाप, ट्रिप, ट्रयाप उसका मध्यम आकारका खुरहरू बज्दै गए । फेरि पनि ट्रोल पुल मुनिबाट बाहिर देखियो ।
‘मेरो पुलमाथि ट्रिप ट्रयाप गर्ने को हो ?’ उ गर्जियो ।

आफ्ना खुर कँपाउँदै, मध्यम आकारको बिल्ली गोट ग्रफले आफ्नो आवाजलाइ सकेसम्म कोमल बनाउँदै भन्यो,
‘यो म हुँ । म भाइलाइ पछ्याउँदैछु, सानो बिल्ली गोट ग्रफलाइ, ताकी म मीठो घाँस खान सकुँ ।’
‘ओह होइन, तिमी जान पाउँदैनौ! म तिमीलाई खाजा, खाना र चिया सँग खानेछु!’
‘ओह नाइँ, ट्रोल, तिमी शायद मलाइ खान चाहँदैनौ । म तिम्रो भोक मेटाउनको लागि ठूलो छैन । मेरो ठूलो दाइ आउन्जेल सम्म पर्ख, उनी मभन्दा धेरै स्वादिला छन् ।’
‘ए ठीकै छ,’ ट्रोलले भन्ये र मध्यम आकारको बिल्ली गोट ग्रफ फुत्त पुलपारि उफ्रियो र सानो बिल्ली गोट ग्रफसँगै मीठो हरियो घाँस खान थाल्यो ।

ठूलो बलियो बिल्ली गोट ग्रफलाइ इर्ष्या भैसकेको थियो र उ पुल पारि गएर आफ्ना भाइहरूसँगै पुग्न आतुर थियो ।
त्यसैले उसले आफ्ना खुरहरू कडा रूपमा पुलमाथि राख्यो ।
ट्रिप, ट्र्याप, ट्रिप, ट्र्याप ।
अचानक ट्रोल पुल मुनिबाट बाहिर निस्कियो ।
‘मेरो पुलमाथि ट्रिप ट्र्याप गर्ने को हो ?’ उसले ठूलो स्वरस्वरमा करायो ।
‘यो म हुँ । ठूलो बिल्ली गोट ग्रफ । तिमी को हो भन्ठान्छौ ?’
‘म ट्रोल हुँ र म तिमीलाइ खाजा, खाना र चिया सँग खान्छु’
‘ओहो, तिमीले त्यसो गर्दैनौ!’
‘अ हो, म त्यसो गर्दैछु, तिमीले देख्नेछौ!’
त्यसपछि ट्रोल ठूलो बिली गोट ग्रफतिर दौडियो तर उसले टाउको घुमाएर साहसपूर्वक ट्रोललाइ हान्यो, उसको सिङमा समातेर उसलाई तलतिर झरना मुनि झारिदियो ।
ट्रोल बगिरहेको पानीभित्र हरायो, फेरि देखिएन ।
त्यसपछि देखि, जो कोही पनि पुल पार गर्न सक्थ्यो र तीन जना बिल्ली गोट ग्रफहरू सँग मीठो हरियो घाँसको मजा लिन सक्थ्यो ।
Enjoyed this story?