कमिला र हात्ती
A free resource from
KidsOut - the fun and happiness charity
This story is available in:
This story is available in:
एउटा अफगानी कथा

*
महाबिस दुई समूहबीच खेलिने रमाइलो खेल हो। खेलमा एक समूहले कम्बलमुनी हात हालेर आफ्ना कुनै एक सदस्यको हातमा औँठी लुकाउँछ। त्यसपछि सबैले मुठ्ठी बाँधेर अर्को समूहलाई देखाउँछन्। त्यसपछि दोस्रो समूहले अनुमान लगाउनु पर्छ कि कुन मुठ्ठीभित्र औँठी लुकेको छ।
कमिला र हात्ती साँच्चिकै गहिरो साथी थिए। जब मौका पाउँनसाथ, उनीहरू सँगै खेल्थे।
समस्या चाहिँ के थियो भने, हात्तीका बाबु निकै कडा स्वभावका थिए। उनी आफ्नो छोराले गृहकार्य गर्नुपर्ने बेला खेलिरहेको, वा आमालाई घरको काममा सहयोगको आवश्यकता परेको बेला खेलिरहेको मन पराउँदैनथे। साथै, उनलाई आफ्नो छोराले हात्तीहरु सँग खेल्नुपर्नेमा उसको साथी कमिलासँग खेलिरहेको पनि मन पर्दैनथ्यो।

सानो हात्ती आफ्ना बाबु सँग धेरै डराउँथ्यो, खासगरी जब बाबु रिसाउँथे, उसलाई झनै नराम्रो लाग्थ्यो। तर कमिला भने निकै बहादुर थियो र उसलाई रिसाहा बूढो बाबु सँग डर लाग्दैनथ्यो।
एक दिन ती दुई साथीहरू महाबिस खेलिरहेका थिए। त्यतिबेला रिसाएको बाबु नजिकिदै गरेको चाल पाए । जमिन जोडले हल्लियो र रुखहरू यता उता हल्लिन थाले।
“ओहो, यो मेरो बाबु हो!” सानो हात्ती अनुहारमा डरको भावले “अब म के गर्ने ” भनी चिच्यायो।

सानो कमिलाले आफ्नो छाती फुलाएर पूरा उचाईमा उभियो र भन्यो, “चिन्ता नगर साथी, मेरो पछाडि लुकेर बस, तिम्रो बाबुले तिमीलाई भेट्टाउनुहुनेछैन।”
Enjoyed this story?