KidsOut World Stories

अहर्सीः बंगाल टाइगर Abbey Ledger-Lomas    
Previous page
Next page

अहर्सीः बंगाल टाइगर

A free resource from

Begin reading

This story is available in:

 

 

 

 

अहर्सीः बंगाल टाइगर

बंगाली कथा

 

 

 

 

 

*

अहर्सीः ठूलो बंगाली बाघ, राम्रो सोचमा थियो । त्यो जाडोको महिना थियो र उ आफ्ना पञ्जाहरूमा हिउँको अनुभव गर्न बानी परि नै रहेको थियो । उ थोरै काँप्यो, सदाबहार हिलोको न्यानोपनलाइ सम्झियो ।

अहर्सी धेरै कुरा सम्झिरहेको थियो । उसले सूर्यले उसको कोटलाइ शाही सुन्तला रंगको बनाउने गरेको सम्झियो, वा दिउँसोको चम्किलो उज्यालोले उसको कालो धारलाइ कडा र कालो बिजुली चम्केजस्तै चम्किलो बनाएको सम्झियो । उसले साँझको तापमा उँघेको र सूर्यको उज्यालोका अन्तिम किरणहरूको आनन्द सम्झियो जो जंगलका पातहरूको बीचबाट छिरेर आइपुग्थे । उ रूखहरूमा डोयल चराहरू चिरबिर गरेको फेरि सुनिने हो कि नसुनिने हो, हावामा पाकेका आँपहरूको सुगन्ध फेरि भेटिने हो कि नभेटिने हो भन्ने सम्झेर छक्क पर्यो । आफ्नो दिमागमा यी क्षणिक मार्मिक पलहरूको तस्वीर बनाउन बंगाल टाइगर संघर्ष गरिरहेको थियो । अहर्सी आफ्नो घर सम्झिरहेको थियो ।

उसले ठूलो हाइ काड्दै गर्दा उसका जुँगाका रौं ठाडा भए, जमेको भुइँमा चुच्चो गाडिरहेका स्टार्लिङ चराहरू खैरो आकाशतिर उडे । तीन घण्टा बितिसकेको थियो र उसले जति सम्झिन कोशिस गरे पनि आँप र दलदलका अस्पष्ट आधा तस्वीरहरू मात्र सम्झिन सक्यो । उसले समग्रमा आफ्नो पूरानो घर बिर्सिरहेकोमा उ चिन्तित थियो ।

जब अहर्सी पहिलो पटक आफ्ना आमाबाबुको साथमा इङ्ल्याण्डको चिडियाखाना आएको थियो, सबै कुरा एकदम रमाइलो थियो । उसले सबै सम्झियो, उ यो रूखबाट त्यो रूखतिर उफ्रिँदै गर्दा वा हरेक फूलको वासना लिँदा वा कुनै सानो कीरालाइ शरीरमा महसुस गर्दै गर्दा उसका पहेंला आँखाहरू कौतूहलताका साथ बल्थे ।

‘अब शान्त हौ, अहर्सी,’ उसकी आमा भन्थिन् । ‘तिमी धेरै टाढाबाट आएका छौ । हेर्नका लागि धेरै समय छ, अहिले तिमीले आराम गर्नुपर्छ ।’

तर सानो बाघलाइ आराम गर्ने फुर्सद नै थिएन । भेट्नुपर्ने नयाँ जनावरहरू थिए, चढ्नुपर्ने नयाँ रूखहरू थिए । नयाँ घरको बारेमा सिक्नका लागि धेरै कुराहरू थिए । त्यो पहिलो दिनको घाम अस्ताएपछि अहर्षीले सबै जनावरहरूको पिँजडाको चक्कर लगाएको थियो, तिनीहरूलाइ एकपछि अर्को प्रश्न सोध्दै, प्याराडाइज चराहरूको अनौठो विचित्रको रंगहरू नियाल्दै र गैंडाको स्टलहरूको परालको मीठो तर अपरिचित खालको वास्नाहरू सुंघ्दै । उ जति हेर्दै जान्थ्यो, त्यति आफ्नो नयाँ घर आफू आएको ठाउँभन्दा कति नौलो छ भन्ने थाहा पाउँदै जान्थ्यो । अब उसलाई आफ्नो पुरानो घरतिरका सबै सम्झनाहरू गुम्ने डर हुन थालेको थियो । उ बंगाल टाइगर भएको बिर्सिने हो कि भनेर डराएको थियो ।

*

अहर्षीले आफ्ना चिम्लिरहेका आँखा मिच्यो र आफ्नो पुच्छरलाइ यताउता हल्लायो । ‘सम्झ,’ उसले आफैंलाइ भन्यो । ‘दह्रो भएर सोच्ने प्रयास गर!’

घण्टौं बिते, दिन मधुरो हुँदै गयो र बाँकी जनावरहरू अस्ताउन लागेका घामसँगै बास बस्न थाले । केही समय पछि अहर्सीले कसैले उसलाई हेरिरहेको महसुस गर्यो । उसले एउटा आँखा खोल्यो, सकेसम्म केन्द्रित हुन खोज्यो, सम्झिन खोज्यो, सम्झिन मात्र खोज्यो । त्यो जोडी चितुवा थियो ।

‘तिमी के गर्दैछौ?’ गहिरो घुरघुर खालको आवाज आयो ।

‘म सम्झिँदैछु,’ अहर्सीले जवाफ दियो । ‘अब यदि तिमीलाइ नराम्रो लाग्दैन भने...’ अहर्सीले आफ्नो आँखा एक पटक फेरी बन्द गर्यो र अझै राम्ररी सम्झिन खोज्यो ।

‘सम्झिँदै ?’ जोडीले सोध्यो ।

‘हो, मैले बंगाल टाइगर भएको सबै बिर्सिसकेको छु, र कहाँबाट आएको त्यो पनि, त्यसैले म सबैथोक सधैँको लागि बिर्सिनुअघि फेरि सम्झिने कोशिस गर्दैछु । यदि तिमीलाइ नराम्रो लाग्दैन भने...’

एक पटक फेरी अहर्षीले आफ्ना आँखा मिच्दै बन्द गर्यो र आफ्नो घरतिरका तस्वीरहरू सम्झिने कोशिस गर्यो ।

‘तिमी आँखा बन्द गर्दैमा टाढा पुग्दैनौ,’ जोडीले भन्यो ।

अहर्षीले आफ्ना आँखा चौडा हुनेगरी च्यात्यो र केही रिसाएको देखियो । ‘तिमीले मलाइ सोच्नका लागि एक्लै छाडेनौ भने म कतै पुग्नेछैन!,’ उसले भन्यो । ‘आखिर तिमीले बुझ्ने छैनौ, तिमी बाघ पनि होइनौ, बंगाल टाइगरलाइ एक्लै छाडिदेउ! तिमी चितुवा हौ!’

‘तिमी मूर्ख जनावर!’ जोडीले जोडले हाँस्दै भन्यो । ‘त्यहाँ हेर!’ उनले कडा जमिनमा रहेको चम्किलो चिप्लो धब्बातिर देखाइन् ।

अहर्सीले असमञ्जसमा जोडितिर फर्केर घुर्यो । ‘मलाइ लाग्छ तिम्रो दिमाग थोरै सड्केको छ, जोडी,’ उसले भन्यो, र त्यसपछि आफैं झण्डै हाँस्न खोज्यो ।

‘यदि तिमीलाइ बाघ कसरी हुने भन्ने सम्झिन मन छ भने,’ जोडीले मायालु स्वरमा भन्यो, ‘हेर!’

‘ठीक छ, यदि तिमीले मलाइ एक्लै छाडिदियौ भने म हेरूँला ।’

*

अहर्सीले आफ्नो घाँटी थोरै बंग्यायो र भुइँमा रहेको हिउँको चिल्लो ऐनामा चिहायो । जोडीले उसको काँध थपथपायो । 

‘तिम्रा धर्का कस्ता राम्रा छन्,’ उनले भनिन् । ‘जब म ऐना हेर्छु, म मेरा चिन्हहरू हेर्छु । मेरोजस्तो चिन्ह कसैको छैन । मेरी आमाको चिन्ह थियो, र मेरी हजुरआमाको, र मेरी हजुर हजुरआमाको... मेरी बुढी बुढी बुढी हजुरआमाले दक्षिण अफ्रीकाको घाँस खोजिरहेको समयदेखि नै!’

जोडीले उनको घरतिरका घामले सेकिएका सावाना र रसीला हरिया जंगलको चित्र बनाउँदै गर्दा उनका आँखाहरू चम्किला हुँदै गैरहेको अहर्सीले ख्याल गरिन् । ‘जब म मेरा चिन्हहरू हेर्छु,’ उनले भनिन्, ‘म मेरो पुरै इतिहास देख्छु । र मसँग मेरो चिन्ह सधैँ रहनेछ ।’ उनले अहर्सीलाइ आँखा झिम्क्याइन् । ‘आखिर,’ उनले भनिन्, ‘कुनै पनि चितुवाले आफ्नो चिन्ह परिवर्तन गर्दैन!’ 

‘तर तिमी कहिल्यै पनि घर सम्झिँदैनौ वा निराश हुँदैनौ?’ युवा बाघले हल्का स्वरमा सोध्यो । ‘यहाँ सबै धेरै फरक छ ।’

‘हामी सबै घर सम्झिन्छौं,’ जोडीले हिउँमा पञ्जा लगाउँदै भन्यो, ‘तर यहाँ हेर हाम्रो प्रतिबिम्वमा । हामी धेरै फरक छैनौं । तिमी बंगालबाट हौ र म अफ्रिकाबाट, तर हेर, हाम्रा जुँगा उस्तै छन् । र यहाँ हेर...’ जोडीले आफ्ना तिखा नङ्ग्राबाट जमेको हिउँमा धारिलो रेखा काट्यो र त्यसलाइ चम्किलो बनाउन मन्द हुँदै गरको उज्यालोमा माथि उचाल्यो । ‘हामी दुवैसँग यी छन्,’ उनले मुस्कानका साथ भनिन् ।

त्यसैबेला चिडियाखानाको पूर्वी कुनाको बन्द क्षेत्रभित्र हात्तीहरू कराएको आवाज आयो ।

‘ओहो, यो त्यति रमाइलो छैन,’ अहर्सीले भन्यो । ‘हामी दुवै बिराला हौं । तर म त्यहाँ भएका हात्तीहरू जस्तो पटक्कै छैन, छु र?’

जोडीले खिस्सिँदै भन्यो, ‘उनीहरू फरक देखिएलान् र फरक स्वर निकाल्लान्, तर हात्तीहरू पनि घर सम्झिन्छन् भन्ने कुरामा म बाजी थाप्न सक्छु । तिमीहरूबीच मिल्ने एउटा कुरा त्यो हो ।’

अहर्सी निश्चित देखिएन, किनभने उसलाई लाग्थ्यो कि हात्तीहरू धेरै ठूला र दह्रा हुन्छन् र ती निराश हुँदैनन् । ‘म निश्चित छु उनीहरू आफू आएको ठाउँ अझै पनि सम्झिन्छन्,’ उसले भन्यो । ‘मेरी आमाले मलाइ हात्तीले कहिल्यै बिर्सिँदैन भन्ने सुनाएकी थिइन् ।’

जोडी हिस्स गर्दै कडा भुइँमा लडिबुडी गर्यो । ‘साँचो हो त्यो!’ उनले सहमती जनाइन् । ‘हात्तीले कहिल्यै भुल्दैन!’

‘र म निश्चित छु कि जेब्रा कहिल्यै डराउँदैनन्,’ अहर्सी भन्दै गयो, केही उदास भए पनि आफ्नो साथीका हरकतहरूले गर्दा हाँस्न थालेको थियो ।

‘के तिमीले जुकिपर (चिडियाखाना चलाउने) को ट्रयाक्टरबाट भागिरहेको देखेका छैनौ ?’ जोडीले सोधिन् ।

‘र... गोहीहरू नि ? के उनीहरू पनि डराउँछन् र उदास हुन्छन् ?’ अहर्सीले सोध्यो ।

‘के तिमीले उनीहरूलाइ पानीमुनी लुकिरहेको देखेका छैनौ ?’ जोडीले आफ्ना साथीलाइ नाकले रमाइलो पाराले ठक्कर दिँदै जवाफ दिइन् । ‘हामी सबै जनावरहरू बेलाबेलामा घर सम्झिन्छौं अहर्सी । तर त्यसैकारण हामी फरक देखिन्छौं । हामी फरक छौं ताकी हामी सम्झिन सकौं । मलाइ हेर । मेरो यो सुन्दर पुच्छरले हामी चितुवाहरू रूखको माथिमाथि पनि सन्तुलन मिलाउनका लागि सबैभन्दा सक्षम छौं भन्ने सम्झाइरहन्छ ’

अहर्सीले रमाइलो महसुस गर्न थाल्यो र गहिरो म्याउँका साथ गडगडाउन थाल्यो । ‘र म सधैँ आफ्नो धर्कालाइ अग्ला घाँसमा लुकाउन सक्छु । हामी बाघहरू पुरै बंगालका सर्वोत्कृष्ट शिकारी हौं ।’

‘तिम्रा धर्काहरू तिमी जहाँ जान्छौ तिमीसँगै जान्छन्, अहर्सी,’ जोडीले हाँसोका साथ भनिन् ।

‘र जब हात्तीहरू निराश महसुस गर्छन् उनीहरूले आफ्नो सुँढमा हेरेर उनीहरू पानी छ्याप्न सर्वोत्कृष्ट रहेको सम्झिन सक्छन्,’ अहर्सीले भन्यो । ‘र जब गोहीहरू निराश र त्रसित महसुस गर्छन्, उनीहरूले आफ्ना जालिदार खुट्टामा हेरेर उनीहरू नदिमा सबैभन्दा छिटो रहेको सम्झन सक्छन्...’

किशोर बाघ थोरै पछाडि सर्यो, उसका आँखाहरू भारी हुँदै थिए र उसले चालै नपाइ हाइ काढ्यो । साँझ परिसकेको थियो र चिडियाखाना असंख्य जनावरहरूको गुनगुनाहटले जागा नै थियो । केही धर्कावाला थिए, केही धब्बावाला थिए । तिमध्ये कोही पनि अर्कोजस्तो थिएन । रात परेपछि असंख्या ताराहरूले आकाश भरियो, अहर्षीले ती सबै जनावरहरू फरक भए पनि तिनीहरू सबैले बेलाबेलामा एकनासको महसुस गर्छन् भन्ने बुझ्न थाल्यो । त्यसैबेला उसले उ कहिल्यै एक्लो हुँदैन भन्ने बुझ्यो, र त्यसैबेला उसले आफ्नो घरलाइ सधैँ आफ्नो मुटुमै बोकेर हिँड्न सक्छ भन्ने पनि बुझ्यो ।

Enjoyed this story?
Find out more here