हिन्दी कथा

*
धेरै समयअघि, धेरैजसो मानिसले सम्झन सक्ने समयभन्दा पनि अघि, हात्तीहरू उड्न सक्थे! तिनीहरूका चारवटा विशाल पँखेटाहरू थिए र उनीहरू आकाशमा यति चाँडो उड्थे कि अरू जनावरहरू पनि छक्क पर्थे । तर यी अजङ्गका जनावरहरू बेलाबेलामा मुर्ख पनि हुन्थे । तर श्शशश... अरू जनावरहरू यो कुराबारे चुप लागेर बस्थे र कुनै बहस गर्दैनथे ।
हात्तीहरू धेरै बलिया र धेरै तेज हुने भएकाले भगवानहरूले उनीहरूबाट सहयोग लिने निर्णय गरे । उनीहरू यी अजङ्गका जनावरमाथि चढ्न सक्थे र उनीहरूले संसारलाइ राम्रो बनाउने अन्तिम काममा सहयोग गर्न सक्थे । कुनै पलमा उनी चीनमा हुन सक्थे र त्यहाँबाट आँखा झिम्क्याएको गतिमा आइसल्याण्डमा पुग्न सक्थे! र यी हात्तीहरू यत्ति बलिया थिए कि उनीहरूले पहाड र हिमशिलाहरूलाइ संसार राम्रो नदेखियुन्जेल सम्म धकेलेको धकेल्यै गर्न सक्थे । उदाहरणका लागि, उनीहरूले भगवानलाइ हिमालयहरू भारत र तान्जानियामा राख्न सहयोग गरे, त्यहाँ किलिमन्जरो हिमाल राखिदिए । ती हात्तीहरूमा चढेर भगवानले पुरै संसार बनाए र उत्कृष्टतम बनाइदिए ।
यो ठूलो काम सम्पन्न भैसकेपछि भगवानले उनीहरूलाइ स्थायी विदा लिन भने । ओह... त्यो भनेको भगवानलाइ उनीहरूबाट कुनै सहयोग नचाहिँदासम्मको लागि । अब हात्तीहरूसँग गर्नुपर्ने धेरै काम थिएन । त्यसपछि के भयो थाहा छ ?
हात्तीहरू अल्छी भए र समय बिताउनका लागि पुराना दिनहरूको कुरा गर्न थाले । उनीहरू कत्ती शक्तिशालि थिए भन्ने कुरा गर्थे । उनीहरू कत्ती तेज थिए र भगवानले उनीहरूलाइ कसरी मद्दत गरे भन्नेबारे कुरा गर्थे । र जति बढी कुरा गर्थे त्यति बढी उनीहरूलाइ लाग्थ्यो कि उनीहरू पृथ्वीमा रहेका अरू सबै जनावरहरूभन्दा धेरै धेरै राम्रा थिए ।
उनीहरू निसन्देह सबैभन्दा बढी महत्त्वपूर्णमहत्त्वपूर्ण थिए!
उनीहरू एकअर्कासँग आलश्यपूर्वक गफगाफ गरिरहन्थे । ‘हेर न त्यो मयुरलाइ,’ उनीहरू रूखो हिसाबले भन्थे । ‘हेर न तिनका नराम्रा र खैरा साना पँखेटाहरू, हाम्राभन्दा कत्ति नराम्रा!’ र उनीहरू सधैँ आफ्नो स्वर ठूलो बनाउँथे ताकि साना मयुरहरूले उनीहरूका तुच्छ शब्दहरू सुनुन् । र विचरा मयुरहरू, जो सारै दयालु र ज्ञानी थिए, उनीहरू हात्तीसँग असहमत हुन सक्दैनथे । तिनलाइ लाग्थ्यो, ‘हो, हात्ती सही छन् । म सानु छु । मेरा पँखेटाहरू परीहरूको जस्तो छैन र म हात्तीजस्तो दह्रो पनि छैन ।’
समय बित्दैजाँदा हात्तिहरूले आफैंमा घमण्ड गर्न थाले । उनीहरूले जे चाहे पनि गर्न सक्छु भन्ने सोच्न थाले । लोभी हात्तीहरूले केराको बोटबाट सबै केरा खाइदिन्थे, अरू जनावरहरूका लागि केही रहँदैनथ्यो । अरू जनावरहरू दुखी थिए किनभने उनीहरूले खानलाइ एउटा केरा पनि पाउँदैनथे । र हात्तीहरूले ती केराहरू आफ्नो सुँढमा राखेर के गर्थे थाहा छ ?
हात्तीहरू गाउँमा आउँथे, मन परेको कुनै गाउँमा, र उनीहरू आफ्ना पँखेटाहरूलाइ कार्पेटजसरी ओछ्याएर पिकनिक खान बस्थे । पुरै गाउँ नै हात्तीहरूको वजनले गर्दा कुच्चिन्थ्यो । घरहरू समतल हुन्थे र खेतहरू नष्ट हुन्थे र गाउँलेहरू अत्यन्तै दुखित हुन्थे ।
गरिब गाउँलेहरू आफ्नो घरहरूको बरबादीप्रति धेरै रिसाएका थिए र भोको पेट लिएका जनावरहरू पनि क्रुद्ध थिए । त्यसैले भगवानले निर्यण गरे, कि अब त अत्ति भयो । यी घमण्डी र लोभी हात्तीहरूले आफ्नो सुँढले धेरै नै बिगार गरिसकेका छन् र अब उनीहरूलाइ पाठ पढाउनैपर्छ!
भगवानले सबै हात्तीहरूलाइ गफ गर्न निम्ता गरे । उनले तिनीहरूसँग भने, ‘ए दह्रा हात्तीहरू हो, मेरो कुरा सुन । तिमीहरूले मलाइ संसारलाइ सुन्दर बनाउन गरेको सहयोगप्रति म अनुगृहित छु । त्यसैले म एक पार्टी दिन चाहन्छु । हात्तीहरूको लागि मात्र ।’
हात्तीहरू धेरै खुशी भए । एउटा हात्तीले अर्कोलाइ भन्यो, ‘हेर! भगवानले पनि हामी कति साहसी छौं भन्ने देखेका छन्, हामीले उनलाइ कति सहयोग गर्यौं । उनले हाम्रोलागि मात्र पार्टी दिनु सही कुरा हो!’
त्यसैले लोभी हात्तीहरू, सबैले घमण्ड र विश्वासका साथ छोटो श्वास फाले, अनि एक एक गरि समारोहमा गए । वाचाअनुरूप भगवानले सबैभन्दा स्वादिला खानाहरू उपलब्ध गराएका थिए, र ती खानेकुराको पहाड नै थियो! चम्किला पहेंला केराहरू, गाढा राता अनारहरू, चिल्ला अम्बा, रसिला आँप... कल्पना गरेजति किसिमका फलफूल उपलब्ध थिए त्यहाँ । लोभी हात्तीहरू खुशी थिए । उनीहरूले ती सबै खाइसके । चाटचुट पारेर सिनित्तै पारे ।
खाना खाइसकेपछि हात्तीहरू यति अघाएका थिए कि एकपछि अर्को गर्दै उनीहरू सुत्न गए, केरा र आँपका बोक्राहरू वरिपरि थिए । भगवान यसै समयको त प्रतिक्षामा थिए । जब अन्तिम हात्तीले उसको आँखा बन्द गर्यो, भगवानले एउटा ठूलो चक्कु निकाले । शान्तपूर्वक उनी हरेक हात्तीनजिक गए र तिनका पँखेटा काटिदिए । र उनले ती सुन्दर पँखेटाहरू साना मयुरहरूलाइ दिए । साना मयुरहरू धेरै खुशी भएर गाना गाउन र नाच्न जंगलतिर उडे ।

के तिमीले मयुरको नाच देखेका छौ, मयुरको नाच, मयुरको नाच?
के तिमीले मयुरको नाच देखेका छौ, रूखहरूको वरिपरि?
हो, मैले मयुरको नाच देखेको छु, मयुरको नाच, मयुरको नाच,
हो, मैले मयुरको नाच देखेको छु, रूखहरूको वरिपरि ।
*
अब हात्तीहरूलाइ सम्झिउँ । जब हात्तीहरू आफ्नो लामो निन्द्राबाट उठे, उनीहरूले मयुरहरूले तिनका प्वाँखहरू हम्कीरहेको देख्दा छक्क परे । उनीहरू साँच्चै, साँच्चै रिसाएका थिए । तर भगवानसँग उनीहरूको गुनासो सुन्ने समय थिएन । भगवानले भने, ‘म तिमी हात्तीहरू राम्रा, दयालु बन भन्ने चाहन्छु । म तिमीहरूलाइ आफ्नो शक्ति गाउँलेहरूको घरहरू फेरी बनाउनमा लगाउ भन्ने चाहन्छु ।’
हात्तीहरू आफूले गरेको कामप्रति धेरै लजाए । उनीहरूले गाउँलेहरूको समस्या सकेसम्म समाधान गरिदिए । त्यसैले आज पनि, हरेक गाउँमा, हात्तीहरू आउँछन् र जान्छन्, बाटोमा परेका मान्छेहरूलाइ सहयोग गर्छन् ।
Enjoyed this story?