ह्यान्सेल र ग्रेटेल
A free resource from
KidsOut - the fun and happiness charity
This story is available in:
This story is available in:
एक समयमा एउटा गरिब काठ काट्ने मान्छे बस्थ्यो । उ एउटा जंगल नजिकैको सानो गाउँमा आफ्ना दुइ बच्चा र दोस्रो श्रीमतीका साथमा बस्थ्यो । बच्चाहरूको नाम ह्यान्सेल र ग्रेटेल थियो । ह्यान्सेल ग्रेटेलको ठूलो दाजु थियो ।
एक दिन, उनीहरूसँग खाना थिएन । काठ काट्ने मान्छेकी श्रीमतीले उसलाई बच्चाहरूलाइ जंगलमा पठाउनु पर्छ भनिन् । उनी बच्चाहरू सधैँका लागि हराउन् भन्ने चाहन्थिन् । ता क उनी र काठ काट्ने मान्छेसँग खानको लागि बढी खाना रहोस् ।
ह्यान्सेलले उसकी दुष्ट सौतेनी आमाको कुरा सुन्यो । उ बाहिर गयो र आफ्ना गोजीमा साना सेता ढुंगाहरू भर्यो ।
अर्को दिन काठ काट्ने र उसकी श्रीमतीले बच्चाहरूलाइ जंगलमा लगे । काठ काट्ने मान्छे आफ्ना बच्चाहरूलाइ छाड्ने कुरामा खुशी थिएन, तर श्रीमतीको अगाडी उसको केही लागेन ।
त्यसपछि ह्यान्सेल र ग्रेटेल एक्लै छाडिए ।
रात पर्यो र चिसो बढ्यो । ग्रेटेल रून थालिन् ।
“पीर नगर,” ह्यान्सेलले भन्यो, “मेरो हात समात, म हामीलाइ घर पुर्याउँछु ।”
उनीहरू बिहान जंगलतिर जाँदै गर्दा ह्यान्सेलले सेता ढुंगाहरू छरेको थियो । भाग्यवश जुन चम्किलो थियो र सेता ढुंगाहरूमा चमक छरिरहेको थियो । बच्चाहरूले बाटो पछ्याए ।
बच्चाहरूलाइ देखेर काठ काट्नेकी श्रीमती रिसाइन् । उनले श्रीमानलाइ गाली गर्दै बच्चाहरूलाइ फेरि जंगलमा लगेर हराइदिन भनिन् । काठ काट्ने मान्छे रिसायो, तर उ श्रीमतीदेखि डराएको थियो । उ उनले भनेजस्तै गर्न राजी भयो ।
उनीहरूलाइ ढोकाबाहिर धकेल्दै गर्दा ह्यान्सेलले एउटा रोटीको टुक्रा समात्यो । जब उनीहरू फेरि जंगलमा पुगे, ह्यान्सेलले रोटीका साना साना टुक्राहरू छर्यो । उ फेरि त्यो बाटो पछ्याउने आशामा थियो ।
जब उनीहरू जंगलको बीचमा पुगे, बुवाले कुनै बहाना बनायो र आफू त्यहाँबाट जानु पर्ने भन्यो ।
फेरि, रात पर्यो र यसपाली जुन थिएन । बच्चाहरू एउटा ठूलो रूखको मुनि टाँस्सिएर बसे र बिहानसम्म सुते ।
“पीर नगर,” अर्को दिन ह्यान्सेलले भन्यो । “हामी रोटीको बाटो पछ्याउँदै घर पुग्नेछौं ।”
तर रोटीको बाटो थिएन । ह्यान्सेलले चराले ती टुक्रा खाइदिनेछन् भन्ने सोचेको थिएन । यो पटक भने बच्चाहरू साँच्चै हराएका थिए ।
बच्चाहरू जंगलमा भौंतारिइरहे । धेरै समयपछि उनीहरूले केही रूखहरूको बीचमा रहेको एउटा सानो रमाइलो घर भेटे । यो जिंजरब्रेड (अदुवाको रोटी) ले बनेको र हिउँले राम्रो बनाइएको जस्तो देखिन्थ्यो ।
ह्यान्सेलले भित्ताको एउटा टुक्रा भाँच्यो । उसले त्यो खायो... त्यो मीठो थियो!
त्यसपछि ग्रेटेलले झ्यालको चौखटको एउटा टुक्रा भाँचिन् । त्यो पनि मीठो स्वादको थियो!
उनीहरूले अझ बढि टुक्राहरू फुटाएः बिस्कुट, कुकिज र मीठाइहरू ।
तत्कालै ढोका खुल्यो र एउटी बुढी आइमाइ बाहिर निस्किइन् । उनी दयालु बुढी आइमाइ थिइनन्... ओहो! उनी त बोक्सी थिइन्!
“अझै धेरै खाउ”, बोक्सिले भनिन्, “भित्र आउ!”
ह्यान्सेल र ग्रेटेल बढी खान पाउँदा खुशी भएका थिए । बोक्सीले ह्यान्सेल र ग्रेटेललाइ धेरै खान दिइन् । उनले उनीहरूलाइ धेरै धेरै खान दिइन्! उनले उनीहरूलाइ धेरै नै खान दिइन्!
दुष्ट बोक्सीले ती दुवै बच्चालाइ आफ्नो ओभनमा सेकाएर खाने योजना बनाइन्!
तथापि, उनले ती बच्चाहरू त्यति दुब्ला नभएका भए अझ स्वादिला हुने ठानिन् । उनी तिनीहरूलाइ खुवाएर तिनीहरू मोटाघाटा भएपछि आफूले खान चाहन्थिन् ।
हप्तौंसम्महरेक दिन बोक्सीले बच्चाहरूलाइ धेरै खाना दिइन् ।
उनले ग्रेटेललाइ घर सफा गर्न लगाउँथिन् र ह्यान्सेललाइ पिँजडामा बन्द गरिदिएकी थिइन् । उनी हरेक रात ह्यान्सेलको औंला माड्थिन्, उ कति मोटाउँदैछ भन्ने थाहा पाउन ।
बोक्सी राम्ररी देख्न सक्दैनथिन् । उनले ह्यान्सेलका औंला हेरेर थाहा पाउँदिनथिइन्, छोएरै महसुस गर्नु पर्थ्यो ।
तर ह्यान्सेल चलाख थियो । उ आफ्नो गोजीमा बुढो कुखुराको हड्डी राख्थ्यो । हरेक रात उसले बोक्सीलाइ आफ्नो औंलाको साटो त्यही माड्न दिन्थ्यो । बोक्सी ह्यान्सेल कहिल्यै मोटाउन नसकेकोमा रिसाएकी थिइन् ।
एक दिन बोक्सी ह्यान्सेल मोटाउला भनेर पर्खिँदा पर्खिँदा थाकिन् । उनले केटोलाइ रोस्ट गरेर स्वादिलो खाना खानका लागि आफ्नो ओभन तताइन् ।
उनले ओभनको ढोका खोलिन र तात्यो कि तातेन भनेर जाँच्न भित्र चिहाइन् ।
बोक्सी निहुरिनेबित्तिकै ग्रेटेल कोठाबाट बाहिर निस्किन् र उसलाई ओभनभित्र धकेलीदिइन् । सानी केटीले ओभनको ढोका ढ्याम्म लगाइदिइन् । ड्याङ्ग! बोक्सी फँसिन्!
ग्रेटेलले जिंजरब्रेड घरमा खानतलास गरिन् । त्यहाँ केक र मिठाइ भरिएको थियो । एउटा कोठामा सुनले भरिएको बाकसहरू भेटिन् । ग्रेटेलले ह्यान्सेलको पिँजडाको साँचो भेटिन् । उनले आफ्नो दाजुलाइ मुक्त गरिन् । बच्चाहरूले आफ्ना गोजीभरि बोक्न सकेजति सुन हाले र भागे ।
दुइ दिनभरिसम्म उनीहरूले जंगलमा खोजतलास गरे । अन्ततः उनीहरूले आफ्नो घर भेटे र बुवालाइ देखे! उनी बच्चाहरूलाइ देखेर खुशी थिए र उनले सौतेनी आमाले छाडेर गएको बताए । ह्यान्सेल र ग्रेटेलले आफ्नो घर पाए । त्यसपछि उनीहरू कहिल्यै पनि भोका वा गरिब भएनन् ।
Enjoyed this story?