जादुइ खीरको भाँडो
A free resource from
KidsOut - the fun and happiness charity
This story is available in:
This story is available in:
एक गरिब युवती कुनै शहरमा आफ्नी आमासँग बस्थिन् । तिनीहरू भोका थिए, तर उनीहरूसँग खान केही थिएन ।
केटीले भनिन्, ‘म जंगल गएर केही च्याउ र बेरी खोज्छु ।’
त्यहाँ उनले एउटी बुढी आइमाइ भेटिन् जसले भनिन्, ‘यो भाँडो लैजाउ । जब तिमी भाँडोलाइ भन्नेछौः ‘भाँडा पकाउ!’ त्यसपछि यसले तिम्रो लागि स्वादिलो खीर पकाइदिनेछ । जब तिमीः ‘भाँडा रोक!’ भन्छौ, उसले पकाउन बन्द गर्नेछ ।’
‘धन्यवाद, धेरै धेरै धन्यवाद,’ केटीले भनिन् र उनी उपहारसँगै घर फर्किन् ।
घर पुगेर केटीले भनिन्, ‘भाँडा पकाउ!’
खीर गुलियो र मीठो थियो र आमा र छोरी पुरै अघाएका थिए ।
‘भाँडा रोक!’ केटीले भनिन्, र भाँडोले थप खीर दिएन ।
एक दिन केटी साथीहरूलाइ भेट्न गइन् । पछि, उनकी आमालाइ भोक लाग्यो, उनले भनिन्, ‘भाँडा पकाउ!’ आमाले खाइन्, तर जब उनले पर्याप्त खीर खाइसकेकी थिइन्, उनले भाँडोलाइ बन्द गर्ने शब्द बिर्सिन् ।
भाँडोले पकाइराख्यो... पकाइ राख्यो... र पकाइ राख्यो! भान्सामा चाँडै खीरले भरियो! एकैछिनमा घर नै खीरले भरियो! सडक र छिमेकीका घरहरू पनि खीरले भरिए!
अन्त्यमा केटी फेरी घर आइन् ।
‘भाँडा रोक!’ केटी कराइन् ।
भाँडोले थप खीर पकाएन, तर मानिसहरूले आफ्नो घरमा छिर्नका लागि धेरै खीर खाइसक्नु पर्यो ।
Enjoyed this story?