जादुइजादुइ पेन्टब्रश
A free resource from
KidsOut - the fun and happiness charity
This story is available in:
This story is available in:
एउटा चिनी लोककथा

*
एक समयमा एक युवक थियो जसको नाम मा लियाङ थियो । उ गरिब र दयालु थियो र उसलाई तस्वीरहरू बनाउन यस्तो मन पर्थ्यो कि जहाँ पनि तस्वीर बनाउँथ्यो । एक रात, उसले एकजना बुढो मान्छेले उसलाई जादुइजादुइ पेन्टब्रश दिएको र त्यसलाइ गरिब मानिसहरूलाइ सहयोग गर्न उपयोग गर्नु भनेको सपना देख्यो । जब उ बिउँझियो, उसले आफ्नो टेबुलमा जादुइजादुइ पेन्टब्रश पायो ।
त्यो दिनदेखि उसले गरिब मानिसहरूलाइ सहयोग चाहिएको वखतमा त्यो पेन्टब्रश प्रयोग गर्न थाल्यो । जब उसले मानिसहरूको खेतमा लगाउन पानी नभएको देख्यो, उसले नदिको तस्वीर बनायो र नदि जिवन्त भयो । मानिसहरू नदिबाट पानी ल्याएर खेतमा लगाएर आफ्नो बाली बढाउन थाले । जब उसले आफ्नो परिवारलाइ खुवाउन किसानहरूले । संघर्ष गरिरहेको देख्यो, उसले उनीहरूलाइ खानको लागि अझ बढी खानाको तस्वीर बनायो । चाँडै नै धेरै मान्छेहरूले जादुइ पेन्टब्रशको बारेमा थाहा पाए र उनीहरू मा लियाङप्रति धेरै आभारी भए ।

तर गाउँमा एकजना धनी मान्छे बस्थ्यो जो तुच्छ थियो र उसले केटोबाट पेन्टब्रश चोर्ने निधो गर्यो ताकी उ अझ धनी हुनको लागि त्यसलाइ प्रयोग गर्न सकोस् । त्यसैले उसले आफ्ना नोकरहरूलाइ त्यो जादुइ पेन्टब्रश चोर्नका लागि मा लियाङको घरतिर पठायो ।
एक दिन उसले पेन्टब्रश पायो, उ धेरै खुशी भयो र उसले आफ्ना साथीहरूलाइ घरमा बोलायो ताकी उसले उनीहरूलाइ आफ्नो नयाँ सामान देखाउन सकोस् । उसले धेरै तस्वीरहरू बनायो तर तिमध्ये कुनै पनि जिवन्त भइदिएनन् । उ पेन्टब्रशले आफ्नो लागि काम नगरेकोमा धेरै रिसायो र उसले मा लियाङलाइ लिन पठायो ।
उसले ती युवालाइ भन्यो, “यदि तिमीले मेरोलागि केही तस्वीर बनाएर तिनलाइ जिवन्त बनाउँछौ भने म तिमीलाइ मुक्त गर्नेछु ।”
मा लियाङ त्यस्तो खराब मान्छेलाइ सहयोग गर्न चाहँदैनथ्यो, तर उसँग एउटा उपाय थियो ।

उसले त्यो नराम्रो मान्छेसँग भन्यो, “तिमी म द्वारा के बनाउन चाहन्छौ ?”
धनी मान्छेले भन्यो, “म सुनको पहाड चाहन्छु । म त्यहाँ गएर सुन सङ्कलन गर्छु ।”
तर युवकले पहिले एक समुद्र बनायो ।
धनी मान्छे रिसाएर सोध्यो, “तिमीले समुद्र किन बनाएको ? म सुनको पहाड चाहन्छु । चाँडै बनाउ!”
त्यसकारण त्यो युवकले समुद्रबाट टाढा रहेको सुनको पहाड कोर्यो।
धनी मानिसले भन्यो, “छिटो एउटा ठुलो जहाज बनाऊ। म त्यहाँ सुन बटुल्न चाहन्छु।”
युवा विस्तारै मुस्कुरायो र ठूलो जहाज बनायो । धनी मान्छे जहाजमा चढ्यो र सुन खोज्न हिँड्यो तर जब जहाज समुद्रको बीचमा पुग्यो, मा लियाङले एउटा ठूलो छाल बनाइदियो जसले जहाजलाइ ध्वस्त पार्यो र त्यो धनी मान्छे गाउँमा फेरि देखिएन ।
त्यसपछि, त्यो युवा आफ्नो परिवारसँग खुशीसाथ बस्यो र उसले त्यो जादुइ पेन्टब्रशलाइ बुढो मान्छेले भनेको जस्तै गरिब मानिसहरूको सहयोगका लागि प्रयोग गर्न थाल्यो र जादुइ पेन्टब्रशलाइ सबैले जान्न र माया गर्न थाले ।
Enjoyed this story?