हरिण र चितुवाको
A free resource from
KidsOut - the fun and happiness charity
This story is available in:
This story is available in:
ब्राजिली लोककथा

*
हरिण ठूलो नदीको किनारै-किनार जंगलतिर हिँड्दै थियो - “हरे, मैले यो कस्तो जिवन पाए? घर नै छैन। सायद, अब मैले घर आफैले बनाउनु पर्छ। यो ठाउँ अरु जस्तै राम्रो पानि छ।”
हरिण अघि बढ्यो।
चितुवा पनि त्यही ठूलो नदीको किनारै-किनार लमक लमक गर्दै जंगलतिर आइपुग्यो। उही ठाउँमा पुगेर उसले आँफैलाई भन्यो - “अरे,कस्तो जीवन हो मेरो? सायद एक दिन म स्थिर हुनेछु र आफ्नो लागि घर बनाउनेछु। यो ठाउँ पनि मेरा लागि अरु जस्तै राम्रो हुनेछ।”
अनि चितुवा पनि अगाडि बढ्यो।
हरिण फर्कियो, आफ्ना सुन्दर सिँगले झाडी र रूखहरू सफा गर्यो र घर बनाउनको लागि जमिन समतल बनायो।त्यस पछि, ऊ जंगलको बाटो लाग्यो।
अब चितुवा आइपुग्यो। उसले वरिपरि हेर्यो र भन्यो, “मैले घर बनाउने भनेको ठाउँ यही त हो। तर यहाँ त पहिले नै सफा पारिएको छ, जमिन पनि राम्ररी सम्याइएको छ। देखिन्छ कि यसलाई भगवान टुपानको आशीर्वाद परेको छ। अब म यहीँ ठाउमा आफ्नो घर बनाउँने छु।” बाघ उत्साहित हुदै उसले झनै जमिन मिलायो, सम्यायो। अनि आफ्ना धारिला दाँतको सहायताले जमिनलाई चिल्लो र दरो बनायो। त्यसपछि ऊ फेरि जंगलतिर पस्यो।
हरिण फर्कियो र भन्यो: "भुइँ चम्किलो र कडा बनेको छ। देख्न सकिन्छ कि, भगवान तुपानले मलाई सहयोग गर्दै छन्।" यो सोचेर हरिणले नयाँ जोश लिएर घरको पर्खाल बनायो। काम सकिएपछि हरिण जंगलतिर लाग्यो।

त्यहि ठाउँमा फेरि चितुवा आयो र भन्यो, "मेरो घरको पर्खाल त भगवान तुपानले नै बनाइदिए! अब छाना चाहिँ मैले बनाउछु।" यति भनेर, बलियो चितुवाले छाना लगायो, र काम सकिएपछि फेरि जंगलतिर पस्यो।
हरिणले छाना बनेको देखेर खुसी हुदै भन्यो, “तुपानले मलाई साचिकै आशिर्वाद दिनुभएको छ।”
हरिणले घरभित्र आफ्नो र तुपानको लागि दुई वटा छुट्टा छुट्टै कोठा बनायो।उ आफ्नो कोठामा पसेर उसले आराम गर्यो र अँध्यारो हुँदै जाँदा सुत्यो।
चितुवा जब फर्कियो, उसले घरमा दुई कोठा देख्यो र भन्यो, “ओहो! तुपानले म सँगै बस्नको निम्त्ति आफ्नो लागि पनि एउटा कोठा बनाउनु भएको रहेछ ।”
उ अर्को कोठामा गयो र सुत्यो।
रातभरि हरिण र चितुवा एउटै घरमा सुते। बिहान सवेरै झिसमिसेमा दुवै ब्यूँझिए।
हरिणले चितुवालाई देख्यो।चितुवाले हरिणतिर हेर्दै भन्यो,“के तिमीले मेरो घर बनाउन मद्दत गर्यौ?”
“हो, मैले गरेँ। के तिमीले पनि मेरो घर बनाउन मद्दत गर्यौ?”
“हो , मैले पनि गरेँ।”
यसरी चितुवा र हरिण छोटो समयसम्म एकै घरमा मिलिजुली बसे।

चितुवा भोकाएको थियो: "तिमि आगो बाल, भाँडो राखेर पानी उमाल, म शिकार गर्न जाँदै छु।" यति भनेर चितुवा घरबाट निस्कियो, र हरिणले आगो बाल्यो र भाडोमा उम्लेको पानि तयार पार्यो।
चितुवाले एउटा हरिण समात्यो र मार्यो। उसले त्यसलाई घर लिएर आयो र पकाउन सुरु गर्यो। जब हरिणले चितुवालाई केहि पकाइरहेको देख्यो, ऊ दुःखी भयो।
चितुवाले खान सुरु गर्यो। हरिण डराएको थियो र उसले एक टुक्रा पनि खाएन।हरिण आफ्नो कोठामा गयो र सुत्ने प्रयास गर्यो।
चितुवा पनि आफ्नो कोठामा गयो।
रात भरि हरिणले आँखा खुल्ला राखेको थियो, डराएको थियो कि चितुवा आएर उसलाई नै खाइदिने त होईन।
*
बिहानै हरिणले चितुवालाई भन्यो, "आगो बाल। भाँडो राख। पानी उमाल। म शिकारमा गर्न जान्छु।"
हरिणले जंगलमा गयो। त्यहा, एउटा चितुवाले रूखमा नङ तिखार्दै गरेको देख्यो।
हरिण अगाडि बढ्दै गयो र अन्तमा टामाडुआलाई भेट्यो र भन्यो
“त्यो चितुवाले तिम्रो बारेमा नराम्रा कुरा गर्दै थियो।”

टामान्डुआ रिसायो र आफ्ना बलिया र तीखा नंग्राहरुले चितुवालाई आक्रमण गर्यो। चितुवा मारेपछि टामान्डुआ त्यसलाई छोडेर हिँड्यो। हरिणले मरेको चितुवालाई बोकेर घर लिएर गयो।
जब चितुवाले हरिणलाई त्यो पकाईरहेको देख्यो, उ डरायो। उसले हरिणले त्यो खाना खाँदै गरेको हेर्न सकेन, त्यसैले ऊ आफ्नो कोठामा गयो। तर वास्तवमा, तपाईंलाई हरिणले त चितुवाको मासु खाँदैन भन्ने थाहा छ नि।
अब हरिण पनि आफ्नो कोठामा गयो। उसलाई निन्द्रा लागेन। उसलाई डर लागिरहेको थियो कि चितुवा राति आउनेछ र उसलाई खानेछ।
चितुवा सुत्न सकेन। उसलाई राति हरिण आउनेछ र उसलाई खाइदिनेछ भन्ने डर लागिरहेको थियो। अन्ततः चितुवा बिस्तारै झम्म पर्दै निदायो ।
अन्ततः हरिणले टाउको हल्लाउँदै निदाउन थाल्यो। तर टाउको हल्लिँदा उसको सिंगले भित्तामा ठोक्किएर ठूलो आवाज आयो। चितुवा जाग्यो र डरायो, उसलाई लाग्यो हरिण आक्रमण गर्न आउँदैछ।उ ठुलो स्वरले चिच्यायो।
हरिणलाई लाग्यो कि चितुवा उसलाई मार्न आउँदैछ।
हरिण घरबाट भाग्यो ! चितुवापनि घरबाट भाग्यो! दुबै विपरीत दिशा तर्फ दौडे। त्ययो समय पछि चितुवा र हरिण कहिल्यै एकै ठाउँमा बस्न सकेनन्।
Enjoyed this story?